मौसम बिग्रिएपछि काठमाडौंमा विमान अवतरण रोकियो

मौसम बिग्रिएपछि काठमाडौंमा विमान अवतरण रोकियो

३१ भदौ, काठमाडौं । लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थलबाट हुने उडान भने रोकिएको छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment