संविधान दिवस भव्य बनाउने सरकारको तयारी , २ गते देशभरका अस्पताललाई छुट गर्न निर्देशन …

संविधान दिवस भव्य बनाउने सरकारको तयारी , २ गते देशभरका अस्पताललाई छुट गर्न निर्देशन …

 

सरकारले आउँदो असोज २ गते अस्पताल र स्वास्थ्य संस्थाहरूमा टिकटको पैसा नलिने निर्णय गरेको छ ।

असोज ३ गतेको संविधान दिवसलाई लक्षित गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई असोज २ गते बिरामीबाट टिकटको पैसा नलिन निर्देशन दिएको हो ।

सोमबार मन्त्रालयले एक सूचना जारी गरि संविधान दिवस भव्यताका साथ मनाउने तयारी भइरहेको जानकारी गराउदै स्वास्थ्य संस्थामा ओपिडी सेवाको टिकट नि:शुल्क गर्न निर्देशन भएको जानकारी गराएको हो ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ “‘संघीय अस्पतालहरू तथा स्वास्थ्य संस्थाहरूबाट २०७६ असोज २ गते बहिरंग सेवा नि:शुल्क गरी सेवा प्रदान गर्नुहुन अनुरोध’।

संविधान दिवसको दिन सरकारी बिदा समेत रहेकाले सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थान तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा विभिन्न कार्यक्रम र दिपावली गर्न सरकरले यसअघिनै निर्देशन दिईसकेको छ ।

श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment