देशको सरकारलाई, प्रधानमन्त्रीलाई हिजडाको संज्ञा दिने ज्ञानेन्द्र शाही भन्ने महामानव को हो?

“देशको सरकारलाई, प्रधानमन्त्रीलाई हिजडाको संज्ञा दिने ज्ञानेन्द्र शाही भन्ने महामानव को हो?”

 

काठमाडौँ – राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गरिनु पर्ने माग गरेका छन्।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गरिनु पर्ने बताएका हुन्।

लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न र शीर्ष नेता तथा जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट नरहेको पनि सांसद स्नेहीले उल्लेख गरे।

” देशको सरकारलाई, प्रधानमन्त्रीलाई, राष्टपतिलाई हिजडाको संज्ञा दिने र देशका पार्टीका सभापति, पार्टीका अध्क्षय र जनताबाट निर्वाचित जनप्रतिनिधिलाई भत्ताका निमित्त बाँचेका भन्दै दिन-दहाडै गालि-गलौज गर्दै हिड्ने ज्ञानेन्द्र शाही भन्ने को महामानव हुन् ? म जान्न चाहन्छु।”,आक्रोशित हुँदै उनले भने।

“लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।”,उनले भने।

सांसद खिमकुमार विश्वकर्माले सर्वाेच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गरे ।

सांसद कविता बोगटीले हुम्ला जिल्लामा नेपाल वायुसेवा निगमको हवाई उडान नियमित गर्न माग गर्दै चाडबाड आउन लागेको समयमा समयमा दुर्गम क्षेत्रमा थप हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद उदया शर्मा पौडेलले भृकुटीमण्डप अगाडि सार्वजानिक साधनले यात्रु ओराल्ने र चढ्ने व्यवस्था किन बन्द गरियो भन्ने प्रश्न गर्दै यात्रुको समस्यालाई ध्यानमा राखी ती स्थानमा तुरुन्त यात्रु चढ्न पाउने व्यवस्था मिलाउन माग गरिन् ।

सांसद अनिता देवकोटाले शान्तिसुरक्षा कायम गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै चाडवाड आउन लागेको सयमा थप शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ध्यानाकर्षण गराइन् ।

श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment