जनताका समस्या कांग्रेसले मात्र बुझ्ने रहेछ भन्दै ५७९ जनाले एकसाथ नेकपा त्यागे

जनताका समस्या कांग्रेसले मात्र बुझ्ने रहेछ भन्दै ५७९ जनाले एकसाथ नेकपा त्यागे

 

 

अर्घाखाँचीको पाणिनि गाँउपालिकामा ५०० भन्दै बढी नेकपाका कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको क्रममा ५ सय ७९ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पालीमा आयोजित एक कार्यक्रममा बीच मंगलबार कांग्रेस प्रवेश गर्नेहरुलाईस्वागत गरिएको छ।

नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु खनाल, पूर्व सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगायतको उपस्थितिमा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरिएको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ।

पाणिनि गाँउपालिका वडा नम्बर–८, पालीमा स्थानीय तहको चुनावमा तत्कालीन एकीकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्तको नेतृत्वमा ५७९ कार्यकर्ता कांग्रेस प्रवेश गरेको बताइएको छ।

तत्कालीन एमाले र एकीकृत माओवादी एकीकृत भएर नेकपा बनेपनि जनताले भनेको जस्तो विकास नभएको आफ्नो गाउँको विकासमा दुइ तिहाइको सरकारले कुनै पहल नगरेको हुँदा आफूहरु कांग्रेस प्रवेश गर्न बाध्य भएको नेकपा कार्यकर्ताहरुले बताएका छन्।

भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र विकासका काममा समेत पक्षपातपूर्ण व्यवहार गरिएको प्रति उनीहरुको असन्तुष्टि छ। जनताका समस्या बुझ्ने र स्थानीय स्तरका विकासमा साथ दिने नेपाली कांग्रेस मात्र रहेको ठहर गर्दै पार्टी प्रवेश गरिएको उनीहरुले बताए।

श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment