काठमाडौँ आउँदै गरेको बसलाई अर्को बसले ठक्कर दियो, ठक्कर दिने बसका दर्जन यात्रु घाइते !

काठमाडौँ आउँदै गरेको बसलाई अर्को बसले ठक्कर दियो, ठक्कर दिने बसका दर्जन यात्रु घाइते !

काठमाडौँतर्फ आउँदै गरेको बसलाई पछाडीबाट अर्को बसले ठक्कर दिँदा एक दर्जन यात्रु घाइते भएका छन्।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले पछाडीबाट ठक्कर दिँदा १२ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक भएको थियो। पछाडीबाट ठक्कर दिने बसलाई १२ यात्रु घाइते भएको र नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

श्राेत bigulnews

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment