प्रदेश ३ सरकारले असोज ३ गते तोप र बन्दुक पड्काएर बढाइँ गर्ने …

प्रदेश ३ सरकारले असोज ३ गते तोप र बन्दुक पड्काएर बढाइँ गर्ने …

 

संविधान दिवस मनाउन मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित मूल समारोह समितिले भव्यताका साथ संविधान दिवस मनाउने जानकारी दिएको हो ।

प्रदेश ३ सरकारले असोज २,३,र ४ गते गरि ३ दिनसम्म संविधान दिवस मनाउने तयारी गरेको प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

उनका अनुसार असोज २ गते बिहिबार अर्थात भोलि नगर सरफाइ, खुला दौड, विचार गोष्ठी कार्यक्रम छ भने ३ गते शुक्रबार बिगुल बजाएर तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै ४ गते शनिबार सार्वजनिक स्थानमा वृक्षारोपण, रक्तदान लगाएतका कार्यक्रम गरेर संविधान दिवसको कार्यक्रम सम्पन्न गर्ने प्रदेश सरकारको तयारी रहेको मन्त्री जम्मकट्टेलले बताए ।

प्रदेश सरकारले सबै स्थानीय तहलाई समेत विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपमा संविधान दिवस मनाउन सर्कुलर जारी गरेको बताइएको छ ।

श्राेत bigulnews

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment