सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

 

सल्यानमा तरकारी बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

दुर्घटनामा परी कपुरकोट गाउँपालिका वडा नं. ४ किमुचौरकी ६७ वर्षीया कर्नी पुनको मृत्यु भएको छ।

शुक्रबार कपुरकोटमा लाग्ने हाट मेलामा तरकारी लिएर आउँदै गरेकी पुन दुर्घटनामा परेकी हुन। घाइते पुनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा परि कपुरकोट ४ किमुचौरकै ६८ महिनी पुन, ५३ वर्षीय लोकबहादुर घर्ती, ५३ वर्षकै टिकाराम घर्ती, २४ वर्षीया कृष्णा घर्ती, ४३ बर्षीय तिलक पुन र ३७ बर्षीय देबबहादुर पुन घाइते भएका छन्। उनीहरु सबैको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले किमुचौरबाट तरकारी लिएर कपुरकोटतर्फ आँदै गरेको लु १ च ४१५३ नम्बरको पिकअप जीप पौने एकबजे कपुरकोट गाउँपालिका ४ किमुचौरमा दुर्घटना भएको थियो।

अनियन्त्रित भएर पिकअप सडकदेखि करिब २५ मिटर तल खसेको प्रहरीले बताएको छ। चालक र सहचालक प्रहरीको नियन्त्रणमा छन्।

setopati सहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment