काठमाडौँ : तेह्रथुको आठराई गाउँपालिका-३ छातेढुङगाका २७ बर्षीय प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्र प्रकाश मैनाली चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-७ खड्ग बहादुर सेन्चुरीको घरमा काम गर्न भनी बसेका निजले श्रावण ८ गते साँझ सेन्चुरीको घर भित्र दराजमा राखिएको ५ लाख ५० हजार रुपैयाँ चोरी गरी फरार भएका थिए ।
नगद चोरी गरी फरार रहेका मैनालीको खोजतलास गर्ने क्रममा असोज ६ गते पाँचथरको फिदिम बजारमा लुकिछीपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ परेका मैनालीको साथबाट प्रहरीले ७० हजार नगद, चाँदिको ब्रासलेट तथा सिक्री र १ थान मोवायल बरामद गरेको छ ।
पक्राउ परेका मैनालीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
bigulnews सहयोगमा
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्