प्रधानमन्त्री ओलीले १३ गते नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने …

प्रधानमन्त्री ओलीले १३ गते नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने …

 

काठमाडौँ : असोज १३ गते ‘नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरिने भएको छ ।

शुक्रबार खानेपानी मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा असोज १३ गते सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तय भएको जानकारी गराइएको हो ।

खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा ७ सय ५३ वटा स्थानीय तह र ७७ वटै जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न विशेष कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

सरकारले सन् २०११ बाट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेकोमा सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो।

खानेपानी मन्त्रालयका अनुसार देशभर ६० लाख घरधुरीमा ५६ लाख ६० हजार २ सय १४ वटा शौचालय निर्माण भइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरि नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको हो ।

bigulnews सहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment