घटस्थापनादेखि नै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने

घटस्थापनादेखि नै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने

 

काठमाण्डाै – वायु सेवा सञ्चालक संघले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

संघले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउनका लागि सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आएर आफैँले आफू विपन्न भएको व्यहोरा घोषणा गर्नुपर्ने छ । ‘ट्रङ्क रुट’मा भने हवाई सेवा सञ्चालन गर्ने वायुसेवा प्रदायकले प्रति सेक्टरमा एक जनालाई मात्रै यस्तो सुविधा दिने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको योजनाअनुसार नै आफूहरुले हवाई भाडामा छुट दिन लागेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले सार्वजनिक गर्नुभएको प्रमुख प्राथमिकतामा कार्यक्रमको बुँदा नं ५९ मा ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी सरोकारवालासँग छलफल गरेर तीन महिनाभित्र कार्यान्वयन गर्ने घोषणा गर्नुभएकाे थियाे

ujyaaloonlineसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment