२५ गाउँका सर्वसाधारणलाई उठिबास लगाउने श्याम परदेशी पुर्पक्षका लागि जेल चलान

२५ गाउँका सर्वसाधारणलाई उठिबास लगाउने श्याम परदेशी पुर्पक्षका लागि जेल चलान

 

काठमाडौं, ११ असाेज : सर्लाहीका २५ गाउँका सर्वसाधारणलाई ऋण दिएर उठिबास गराउने श्यामकृष्ण साह भनिने श्याम परदेशी पुर्पक्षका लागि जेल चलान भएका छन् । ठगी अभियोगमा पक्राउ परेका परदेशीको बयान र थनुछेक बहसपछि अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।

शुक्रबार सर्लाही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ठगी मुद्दामा श्याम परदेशीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीविरुद्ध विपन्नलाई एक पटक ऋण दिएर पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको आरोप छ ।

परदेशीको जाली तमसुकको शिकार बनेकी पीडित रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । रुक्मीणीले यही भदौ ५ गते चौधरीले परदेशीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

परदेशीले ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्को पटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका थिए । उनीविरुद्ध एक दर्जनभन्दा बढीको उजुरी परेको थियो ।

परदेशीले सर्लाहीको हरिवन, नवलपुर लगाएतका सात गाँउ स्थानीयलाई सैतानी व्याजको पासोमा फसाएका छन् । उनीसँग २ सय ९९ जना व्यक्तिले परदेशीबाट १५० जना भन्दा बढीले १ करोड ९ लाख ५१ हजार रुपैयाँ ऋण लिएका थिए । उनीहरुले अहिलेसम्म १ करोड ४७ लाख ४ हजार तिरिसेका छन् ।

एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा समेत कागज गराउँदै आएका थिए ।

पीडितहरूले वास्तविक ऋण तिर्न तयार भएको तर श्याम परदेशीको सैतानी व्याजको छानबिनको माग गर्दै नेकपामा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, गृहमन्त्री राम बहादुर थापा बादल लगाएतलाई भेटेर समस्या राखेका थिए ।

news24सहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment