१३ असोज, गोरखा । ट्रकबाट मार्वल ‘अनलोड’ गर्ने क्रममा जिल्लामा आइतवार राति एक मजदुरको ज्यान गएको छ । जिल्ला अदालत गोरखाको निर्माणाधीन भवनका लागि ल्याइएको मार्वल ‘अनलोड’ गर्ने क्रममा चेपिएर सिराहा जिल्लाको लहान मोतिपुरका ३० वर्षीय नागेश्वर सदायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मार्वल झार्ने क्रममा एक्कासि अरू बन्डलहरु खसेर घाइते भएका नागेश्वरलाई मजदुर र स्थानीयले अस्पतालतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको नेपाल प्रहरीका डीएसपी मित्रवन्धु शर्माले जानकारी दिए ।
श्राेत oninekhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्