काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा २ सयले घटेको छ। आइतबार ७० हजार २ सयमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा ६ सयले घटेको थियो।
तेजाबी सुनको मूल्य तोलाको ६९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ८४५ रुपैयाँमा कारोबार भएको थियो।
श्राेत annapurnapost
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्