अत्यधिक वर्षाका कारण सडकमै तैरिए माछा !

अत्यधिक वर्षाका कारण सडकमै तैरिए माछा !

काठमाडौं – तलाउ र नदीहरूका माछा तैरिएको त जसले पनि देखेको हुन्छ । तर भारी वर्षापछि भारतको बनारसमा सडकमै माछा तैरिएको छ ।

विगत चार दिनमा अत्यधिक पानी परेपछि बनारसका धेरैजसो तलाउ र नाला ओभरफ्लो भएर पानी सडकमा आएको हो । तलाउको पानीसँगै माछा पनि सडकमा आए । रंगीन माछाहरू सडकमा तैरिएको देखेर मानिस हेर्न जम्मा भए ।

स्थानीयहरूले नगर निगम र प्रशासनको लापरवाहीका कारण यस्तो स्थिति आएको बताए ।

उत्तर भारतमा भारी वर्षाका कारण बाढी आएको छ । बिहार र उत्तर प्रदेशमा तीन दिनदेखि पानी परेको पर्‍यै छ । विपतका कारण बिहारमा २९ जनाको मृत्यु भइसकेको छ ।

१०२ वर्षपछि सेप्टेम्बर महिनामा यति धेरै पानी परेको बताइएको छ । मौसम विभागका अनुसार, देशभरि सेप्टेम्बर महिनामा २४७.१ मिलिमिटर औसतमा पानी परेको थियो र यो सामान्यभन्दा ४८ प्रतिशत बढी हो ।

श्राेतlokaantar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment