चीनमा बसको टायरको हावा फुस्किएर बस र ट्रक ठोक्किँदा ३६ जनाको……

चीनमा बसको टायरको हावा फुस्किएर बस र ट्रक ठोक्किँदा ३६ जनाको निधन, ३६ घाइते..

नान्जिङ, चीन – चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको निधन भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए । यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस : चीन र रूसबीचको सम्बन्धमा नयाँ अध्याय शुरू हुने ः चिनियाँ विदेशमन्त्री

चीन र रूसबीचको सम्बन्धमा द्विपक्षीय सम्बन्ध नयाँ शिराबाट प्रारम्भ गरिने चीनका विदेशमन्त्री वाङ यीले आइतबार बताउनुभएको छ । वाङले उक्त भनाई चीन–रूसबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ बर्षगाँठका अवसरमा आयोजित एक कार्यक्रमबीच राख्नुभएको हो ।

विशेष मित्रताको स्थापना दिवसका अवसरमा गरिएको समारोहमा चीन र रूसबीचको लामो मित्रवत यात्रालाई अविश्मरणीय भन्दै यसलाई नयाँ प्रकारको सम्बन्ध र साझा जिम्मेवारीका रूपमा विकास गर्दै अघि बढ्ने वाङले बताउनुभयो ।

दुवै पक्षले सहकार्यलाई मजबुत पार्ने, बहुपक्षीयताको रक्षा गर्ने र संयुक्त राष्ट्रसंघको बडापत्रको लक्ष अनुरूप साझा जिम्मेवारीसहित अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा चीनका लागि रूसी राजदूतले चीन–रूसबीचको सम्बन्धको चर्चा गर्नुभएको थियो । चीन र रूस इतिहासमा निकै राम्रो सम्बन्धका साथ अघि बढ्दै आएको र दुबै मुलुकले नयाँ युगका लागि बृहद् रणनीतिक साझेदारी विकास गरिरहेको पनि उक्त अवसरमा वाङले बताउनुभयो ।

नान्जिङ, चीन – चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको निधन भएको छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बिहान ७ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बसमा ६९ जना यात्रु सवार थिए । यात्रुबाहक बस राजमार्गमा गुडिरहेका बेला ३ जना मानिस सहित आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बसको टायरको हावा फुस्किएर दुर्घटना भएको देखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस : चीन र रूसबीचको सम्बन्धमा नयाँ अध्याय शुरू हुने ः चिनियाँ विदेशमन्त्री

चीन र रूसबीचको सम्बन्धमा द्विपक्षीय सम्बन्ध नयाँ शिराबाट प्रारम्भ गरिने चीनका विदेशमन्त्री वाङ यीले आइतबार बताउनुभएको छ । वाङले उक्त भनाई चीन–रूसबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ बर्षगाँठका अवसरमा आयोजित एक कार्यक्रमबीच राख्नुभएको हो ।

विशेष मित्रताको स्थापना दिवसका अवसरमा गरिएको समारोहमा चीन र रूसबीचको लामो मित्रवत यात्रालाई अविश्मरणीय भन्दै यसलाई नयाँ प्रकारको सम्बन्ध र साझा जिम्मेवारीका रूपमा विकास गर्दै अघि बढ्ने वाङले बताउनुभयो ।

दुवै पक्षले सहकार्यलाई मजबुत पार्ने, बहुपक्षीयताको रक्षा गर्ने र संयुक्त राष्ट्रसंघको बडापत्रको लक्ष अनुरूप साझा जिम्मेवारीसहित अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा चीनका लागि रूसी राजदूतले चीन–रूसबीचको सम्बन्धको चर्चा गर्नुभएको थियो । चीन र रूस इतिहासमा निकै राम्रो सम्बन्धका साथ अघि बढ्दै आएको र दुबै मुलुकले नयाँ युगका लागि बृहद् रणनीतिक साझेदारी विकास गरिरहेको पनि उक्त अवसरमा वाङले बताउनुभयो

श्राेतesamatalonline

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment