श्रीमतीसँग फोनमा बोलेको निहुँमा बाबु छोराको हत्या

श्रीमतीसँग फोनमा बोलेको निहुँमा बाबु छोराको हत्या

स्याङ्जा । श्रीमतीसँग फोनमा बोलेको निहुँमा एक व्यक्तिले बाबु छोराको हत्या गरेको खुलेको छ । हरिनास गाउँपालिका ३ ललहीका ३३ वर्षीय गोरे भन्ने चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय छोरा रिजन खड्काको गत भदौ १७ गते हत्या गरिएको थियो ।

उक्त घटना उनकै साथी दानबहादुर मल्लले गरेको पत्ता लागेको हो । आफ्नी श्रीमतीसँग फोनमा बोलेको र अन्य महिलासँग पनि नराम्रो सम्बन्ध बढाएको भन्दै ३४ वर्षीय दिपक भनिने मल्लले छिमेकी साथी चित्रबहादुर खड्का र उनका नाबालक छोरा रिजन खड्काको धारिलो हतियार प्रहर गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आफ्‍नी श्रीमतीसँग र अन्य महिलासँग बढी बोल्ने, नराम्रो सम्बन्ध बढाउन खोज्ने तर आफूसँग घमण्ड देखाएर नबोलेपछि रिसको झोकमा खुकुरी प्रहार गरी बाबु छोरालाई मारेको उनले प्रहरीसमक्ष बयान दिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

बाबु छोराको हत्या गरेर मल्ल फरार भएका थिए। करिब १५ दिनपछि मल्ललाई प्रहरीले पक्राउ गरेको हो। मृतककी श्रीमती अनिता खड्काले दिएको किटानी जाहेरी र प्रहरी अनुसन्धानका आधारमा मल्ललाई पक्राउ गरिएको हो ।

घरमा खड्का दम्पत्ति माइतीमा टिकाटालो गर्ने तयारीमा थिए । विवाह भएको लामो समयसम्म पनि टिकाटालो हुन सकेको थिए । भदौं २६ गते माइती मान्ने तयारी रहेको खड्का दम्पत्तिको उक्त सपना पुरा हुन नपाउँदै बाबु छोराको हत्या गरिएको थियो ।

श्राेतkendrabindu

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment