सालनाल सहित नवजात शिशु फेला …

सालनाल सहित नवजात शिशु फेला …

 

सुनसरीको कोशी गाउँपालिका-४ स्थित जुद्दगंज चोक स्थित सडकबाट १० मिटर दक्षिणमा सोमबार राती साढे ८ बजेको समयमा रातो बुट्टे साडीले पोको पारेको अवस्थामा शिशुको शवलाई स्थानियले देखेपछी प्रहरीलाई खबर गराउनासाथ तत्काल अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो।

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले शवको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमकालागी जिल्ला अस्पताल ईनरुवा पठाएको तथा अन्त थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment