चर्चित र्‍यापर भिटेन पक्राउ

चर्चित र्‍यापर भिटेन पक्राउ

७ कात्तिक, काठमाडौं । चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

को हुन् भिटेन ?

उनको वास्तविक नाम समीर घिसिङ हुन् । ‘गरिबी … गीनबाट र्‍याप यात्रा थालेका उनी ‘सिमसिमे पानी …’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् ।onlinekhabarसहयोगमा

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment