विप्लव कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाए , नेकपाका नेतालाई गाउँ पस्न नदिने चेतावनी

विप्लव कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाए , नेकपाका नेतालाई गाउँ पस्न नदिने चेतावनी

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी(नेकपा) का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित दुई दर्जन नेता–कार्यकर्ताहरू गिरफ्तार गरेको विरोधमा नेकपाका कार्यकर्ताले बिहीबार कालिकोटसहित विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

कालिकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री ओलीको पुतला जलाएपछि आयोजित सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी मनिलाल ऐडी ‘रणदीप’ले आफ्ना पार्टीका नेता-कार्यकर्तामाथि भएको धरपक्कडको विरोध स्वरूप पुत्ला जलाइएको जानकारी गराए । उनले पार्टी केन्द्रको निर्देशन अनुसार पुत्ला जलाएको बताउदै सत्तापक्षका नेता कार्यकर्तालाई गाउँ प्रवेशमा समेत रोक लगाउने चेतावनी दिए ।

नेकपाको ब्युरोस्तरीय बैठक तथा प्रशिक्षण सञ्चालन भइरहेको समयमा बैठकस्थल नै कब्जा गरी प्रहरीले दाङको राजपुरबाट २१ नेताकार्यकर्ता गिरफ्तार गरेको थियो ।

उक्त गिरफ्तारीको विरोधमा नेकपाले कात्तिक ३ गते देशव्यापी जुलुस प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते प्रधानमन्त्री केपी ओलीको पुतला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मशाल जुलुस र कात्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने सहितको सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो । श्राेत bigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment