काठमाडौँ : यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ७ दिन हिरासतमा राखिने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले दिएको सुझावका आधारमा महरामाथि लागेको आरोपमा थप अनुसन्धान गर्न अदालतले काठमाडौं जिल्ला अदालतले बिहीबारदेखि लागू हुने गरी ७ दिन म्याद थप गरेको हो।
स्वास्थ्यमा समस्या देखा परेपछि नर्भिकमा भर्ना गरिएका महरालाई बिहिबार अस्पतालबाटै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
संसद् सचिवालयकी कर्मचारीमाथि यौ’न दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख महरा गत असोज १९ गते आइतबार पक्राउ परेको भएपनि दशैं बिदामा अदालत बन्द भएका कारण गत हप्ता मंगलबार मात्रै अदालतमा उपस्थित गराइएकोे हो।
यसअघि गत शनिबार अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको थियो । महरामाथि संसद सचिवालयमै कार्यरत एक महिलालाई डेरामै पुगेर जबरजस्ती गरेको आरोप लागेपछि सभामुखको पदबाट राजिनामा दिएका थिए ।श्राेत bigulnews