एनसेलको टावर मर्मत गर्न गएका प्राविधिकको गाडी ध्वस्त …

एनसेलको टावर मर्मत गर्न गएका प्राविधिकको गाडी ध्वस्त …

काठमाडौँ : अज्ञात समूहले एनसेलको टावर मर्मत गरेर फर्किएको प्राविधिकको गाडीमा आगजनी गरेको छ ।

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मुसुङडोलेमा एनसेल टावर मर्मत गरेर फर्किएका प्राविधिक चढेको गाडीमा आगजनी भएको हो ।

बिहीबार मुसुङडोलेमा रहेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा अज्ञात समूहले करिब २ बजेतिर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

उनका अनुसार प्राविधिकको गाडीमा आगो लगाइएको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुग्दा जीप जलेर ध्वस्त भइसकेको थियो । एनसेलको टावर मर्मत गरेर फर्किएका प्राविधिक स्थानीयको घरमा बास बसेका थिए ।

गाडीमा आगजनी गर्नेको परिचय खुल्न सकेको छैन भने प्रहरीले स्थानीयको सहयोगमा मुचुल्का उठाएर घटनाबारे अनुसन्धान अघि बढाएको छ । उक्त गाडी प्राविधिकको टोलिले भाडामा लागेको बताइएको छ ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment