काठमाडौँ : उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेकपाका दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्रीको विषयमा सहमति नभएको बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको जिम्मेवारी हेरफेर हुनसक्ने बताउदै आलोपालो प्रधानमन्त्री हुने सहमति नभएको दाबी गरेका हुन् ।
‘नेकपाका अध्यक्षद्वयबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएको छ’,उनले भने,‘केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने भनेर कहाँ सहमति भएको छ ?’
उनले बाहिर आएजस्तो प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच विवाद नभएको दावी गर्दै दुई नेताबीच निरन्तर संवाद भइरहेको बताए । “मिडियामा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको” टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गरे ।
अर्को प्रसंगमा उनले सभामुख कसलाई बनाउने सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको प्रष्ट परे । यस्तै रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको शर्तको आधारमा वार्ता हुुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्ने बताए।श्राेतbigulnews