प्रधानमन्त्रीमा सहमति नभएको खबर बाहिरिएपछि ‘प्रचण्ड’ पत्रकारसँग बोल्न मानेनन् …

प्रधानमन्त्रीमा सहमति नभएको खबर बाहिरिएपछि ‘प्रचण्ड’ पत्रकारसँग बोल्न मानेनन् …

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्न अस्विकार गरेका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल भन्दा केहि ढिलो गरि विमानस्थल पुगेका प्रचण्डलाई प्रश्न सोध्न पत्रकारहरु तयारी अवस्थामा रहेपनि उनले चासो नदिएका हुन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले आलोपालो प्रधानमन्त्रीको विषयमा सहमति नभएको दावी गरेको केहि घण्टामै सोहि ठाउँमा पुगेका प्रचण्डले पत्रकारसँग बोल्न नखोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उपप्रधानमन्त्री पोखरेलले पार्टीको जिम्मेवारी हेरफेर हुनसक्ने बताउदै आलोपालो प्रधानमन्त्री हुने सहमति नभएको दाबी गरेका थिए । केहि दिन अघिदेखि प्रधानमन्त्री ओलीसँग प्रचण्ड रुष्ट भएको विषय मिडियामा बाहिरिएको भएपनि सो कुरा सत्य नभएको पोखरेलको भनाइ थियो ।

उनले बाहिर आएजस्तो प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच विवाद नभएको दावी गर्दै दुई नेताबीच निरन्तर संवाद भइरहेको बताए । “मिडियामा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको” टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गरे ।

नेकपा मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड र पोखरेल त्यहाँ पुगेका थिए ।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment