बसको ठक्करबाट कुखुराको भाले मरेपछि २ घण्टा चक्काजाम …

बसको ठक्करबाट कुखुराको भाले मरेपछि २ घण्टा चक्काजाम …

 

काठमाडौँ : बसको ठक्करबाट कुखुराको भाले मरेपछि क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बिहिबार दिउँसो बसको ठक्करबाट कुखुराको भाले मरेको निहुँमा स्थानीयले दुई घण्टा चक्काजाम गरेका हुन्।

खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले भालेलाई ठक्कर दिएर भागीसकेको अवस्थामा स्थानीयले ढुंगा र भाटा थुपारेर सडक अवरुद्ध पारेको बताइएको छ ।

भाले मरेपछि स्थानीयहरु क्षतिपूर्तिको माग गर्दै सडकमा उत्रिएका हुन् । भालेको निहुँमा सडक लामो समयसम्म अवरुद्ध भएपछि स्थानीय युवा र प्रदर्शनमा उत्रिएका व्यक्तिबीच बसधनी सँग भेटेर क्षतिपूर्ति दिलाउने सहमति भएपछि सडक खुलेको थियो ।

पिडित पक्ष र बसधनी बीच भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको बताइएको छ ।

श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्
Uncategorized

Related posts

Leave a Comment