म ओरिजिनल माओवादी होइन : प्रचण्ड…

म ओरिजिनल माओवादी होइन : प्रचण्ड...

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् ।

शुक्रबार नेकपा मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डलेआफू ओरिजिनल चौम , मसाल र माओवादी केहि नभएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम पनि भनिन्छ)मा गएको प्रष्ट पारे । मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए)सँग तुलना गर्दै प्रचण्डले कार्यक्रममा भने, “म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।”

प्रचण्डले कम्नियुष्ट एकताको कुरा गर्दागर्दै भण्डारीको ह’त्या भएको बताउदै त्यतिबेला एमाले र एकता केन्द्र मिलेको अवस्थामा इतिहासलाई ५० वर्ष अगाडि बढाउन सकिने धारणा व्यक्त गरेका हुन् ।

‘२०४६ सालपछि एमाले र एकता केन्द्रलाई मिलाउनुपर्छ भन्नेकुरा मसँग थियो र मित्र मदन भण्डारीसँग पनि थियो। हामीले एमाले र एकता केन्द्र मिलाउन सकिन्छ कि सकिदैन भनेर एकपल्ट एजेन्डामै बसेर छलफल गर्ने निधो गर्यौँ। कार्यक्रम पनि तय भयो। खानेकुराको लिस्ट पनि बनाइयो। ती मान्छे अहिले पनि जीवित छन् ललितपुरमा। तर, दुर्भाग्य त्यो भन्दा अगाडि नै मदन भण्डारीको अवशान भयो।’,प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले आफूले सोचेजस्तो २०४६ सालपछि एमाले र एकता केन्द्रलाई मिलाउन सकेको अवस्थामा लेनिनले भनेजस्तै इतिहासलाई ५० वर्ष अगाडि बढाउन सकिने कुरा उल्लेख गरे ‘लेनिनले भन्नु भएको छ, ‘नेताले सही समयमा सही निर्णय लिए भने इतिहास सय–५० वर्ष अगाडि ल्याउन सक्छान्। नेताले गलत निर्णय लिए भने सय वर्ष पहिला हुने काम सय वर्ष पछि पनि जान्छ।’श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment