कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाका विभिन्न बजार क्षेत्रहरूमा उत्पादन हुने गरेको घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरी टोलीले खाँडाचक्र नगरपालिका–१, २, ३, ५ मोल्फा बजार र ७ को पिलिबजारका होटलहरुबाट चार हजार अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।
बजार क्षेत्रबाट तिन हजार र गाउँ घरबाट एक हजार लिटर अवैध घरेलु मदिरा बरामद गरीएको प्रहरी निरीक्षक यक्षराज जोसिले बताए । त्यस्तै दुई सय ३० वटा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरीएको उनले बताए ।
मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र भाडाकुडासमेत बरामद गरी जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, जनप्रतिनिधी, उद्योग वाणिज्य संघका प्रतिनिधीको रोहवरमा प्रहरी कार्यालय परिसरमा खाल्डो खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
जिल्ला प्रहरि कार्यालय कालिकोटले चाडपर्वलाई लक्षित गरि जिल्लाका विभिन्न स्थानिय हाटबजार देखि गाउँ गाउँमा अवैध मधिरा र सामाजिक विकृति विरुद्धको अभियानमा सक्र्यि रुपमा लागि परेको प्रहरी नायव उपरिक्षक डिएसपि श्याम बावु वलियाले जानकारी दिए । उनले भने, ‘केही दिन अघि मात्र जिल्ला स्थानिय हाटबजार जितेबजारमा जुवा खेल्दै गरेका १२ जनासहित एक लाख १७ हजार नगद रुपैयाँ पनि बरामद गरेका छौँ । ’ चाडपर्वको बेलामा मात्र नभई प्रहरी साझेदारी कार्यक्रमलाई पनि निरन्र्तता दिँदै आइरहेको बताए ।श्राेतhamropatro