निर्मला पन्त प्रकरण : गृहमन्त्रीका छोरा प्रतीकको डीएनए परीक्षण गर्नुपर्ने तरुण दलको माग …

निर्मला पन्त प्रकरण : गृहमन्त्रीका छोरा प्रतीकको डीएनए परीक्षण गर्नुपर्ने तरुण दलको माग …

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको युवा संगठन ‘नेपाल तरुण दल’का अध्यक्ष जीतजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको डीएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको प्रकरणमा गृहमन्त्रीका छोराको नाम जोडिएको भन्दै डीएनए परीक्षण गर्नुपर्ने बताएका हुन्।

“गृहमन्त्रीज्यू, निर्मला केसमा तपाईँका छोराको नाम मुछिएको छ,”उनले भने “डीएनए परीक्षण गरेर सत्य तथ्य जानकारी गराइयोस् ।” बस्नेतले यसअघि पनि पटक-पटक सो कुरा उठाउदै आएका छन्।

गत साउन १० गते घरबाट साथीको घर हिँडेकी कञ्चनपुरकी बालिका पन्तको भोलिपल्ट ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।श्राेतbigulnews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment