भारतमा तीन नेपाली मजदुरको हत्या

भारतमा तीन नेपाली मजदुरको हत्या

११ कात्तिक, काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ ।

बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् ।

उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । उनीहरुको हत्याबारे आइतबार मात्रै थाहा भएको जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख धनबहादुर बोहराले राससलाई बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ ।’

उनीहरुले पिथौरागढमा डेढ वर्षयता मजदूरी गर्दै आएका थिए । बीरा केही महिनाअघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएका थिए र उतै मजदूरी गर्दै आएका थिए ।

हरे बोहराकी श्रीमती किर्रा बोहरा सम्पर्कविहीन छिन् । यो घटनामा उनको संलग्नता हुनसक्ने आशंका स्थानीय प्रहरीले गरेका छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि पिथौरागढमै राखिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार उनीहरु बसेको घर गाउँभन्दा केही टाढा जंगलमा पर्दछ । स्थानीयबासीले प्रहरीलाई दिएको जानकारीअनुसार केही व्यक्तिहरु जिप चढेर उनीहरु बसेको घरमा गत शुक्रबार आएका थिए । घरको भान्सा कोठामा मासु र अन्य खानेकुराहरु पनि भेटिएको छ । भारतीय मिडियाहरुका अनुसार अलमोडाबाट घटनास्थलमा आएको फरेन्सिक जाँचको टोलीले फिंगर प्रिन्टलगायतका नमूना संकलन गरेर फर्किएको छ ।

भारतीय प्रहरीले हत्याको अनुसन्धान गर्न र हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न तीनवटा टिम गठन गरेको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ ।श्राेतonlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment