‘भीआईपी’ जुवाखालबाट समातिएका बलेसहित ६ जनाले गुहारे अदालत

‘भीआईपी’ जुवाखालबाट समातिएका बलेसहित ६ जनाले गुहारे अदालत

११ कात्तिक, काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना प्रहरीविरुद्ध अदालत पुगेका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ गरेकामध्ये ६ जना जुवाडेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको हो ।

रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा छन् । प्रहरीले उनीहरुलाई सोमबार दिउँसो सर्वोच्च अदालत उपस्थित गराउँदैछ ।

यो पनि पढ्नुहोस
‘भीआईपी’ जुवाको खाल, जहाँ बरामद भएको पैसा गन्न तीन घन्टा लाग्यो
शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने तयारी गरिएको महाराजगञ्जका डीएसपी उमेश लम्सालले अनलाइनखबरलाई बताए ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment