काठमाडौं : दुई वर्षअघिसम्मको तिहारमा मागको आधा भन्दा बढी बिजुली भारतको भर पर्नुपर्ने बाध्यता थियो। तर यसवर्षको तिहारमा आफ्नै उत्पादनले माग धानेको छ। मुख्यत: तिहारको लक्ष्मी पूजाको दिन धेरै बिजुलीको माग हुने गर्छ। लक्ष्मी पूजाको दिन उज्यालो राख्न गत वर्षसम्म भारतको भर पर्नुको विकल्प थिएन। यस वर्ष पनि नेपाल विद्युत् प्राधिकरणले भारतबाट तीन सय मेगावट विद्युत् आयत गर्ने योजना बनाएको थियो। तर १०७ मेगावट मात्रै विद्युत आयत गरेको छ। लक्ष्मी पूजाको दिन विद्युत् उच्च माग एक हजार ८९ मेगावाट रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। जसमा १०७ मेगावट भारतबाट आयत गरियो भने सरकारले प्राधिकरणकै विद्युत गृहबाट ५४६ मेगावट र निजीक्षेत्रबाट ४३६ मेगावटले माग धानेको छ। यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ तथा १४ मेगावाटको कुलेखानी तेस्राे र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घटेको छ । प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत् गृहहरु पूर्ण क्षमतामा चलाएको थियो । जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन गरिएको थियो । घट्यो माग गत वर्षको तुलनामा लक्ष्मी पूजाको दिन विद्युतको माग घटेको प्राधिकरणको तथ्यांकले देखाउँछ। अघिल्लो वर्षको तुलनामा यस वर्ष यस वर्ष १६ मेगावाट माग घटेको देखिएको छ। अघिल्लो वर्ष लक्ष्मी पूजाको दिन एक हजार १०५ मेगावट विद्युत खपत थियो। यस वर्ष एक हजार ८९ मेगावट पुगेको छ। चाडपर्वको बेला औसत समयको तुलनामा कम विद्युत् खपत हुन्छ। तर लक्ष्मीपूजाको रात भने माग बढ्ने गर्छ। श्राेत thahakhabar
तिहारमा घट्यो बिजुलीको माग, नौ प्रतिशत मात्रै भारतबाट आयात

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्