सात महिनामै १४ सर्वोच्च हिमाल आरोहणको रेकर्ड राखे नेपाली पर्वतारोहीले

सात महिनामै १४ सर्वोच्च हिमाल आरोहणको रेकर्ड राखे नेपाली पर्वतारोहीले

नेपाली पर्वतारोही तथा पूर्व बेलायती जलसेना अधिकारी निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामै आरोहण गरेर रेकर्ड राखेका छन्।

सोमबार चीनको शिशिपाङ्मा हिमाल आरोहण गरेपछि उनले १४ हिमालको रेकर्ड पूरा गरेको बिबिसीले जनाएको छ।

यसअघि पोल्यान्डका आरोही जर्जी कुकुजाले सन् १९८७ मा यी सबै हिमाल आरोहण गरेका थिए। उनको रेकर्ड आठ वर्षको थियो।

छत्तीस वर्षीय निर्मल सन् २००३ मा बेलायती सेना भर्ती भएका हुन्। उनी सन् २००९ मा जलसेनामा आबद्ध भएका थिए।

उनले यही अप्रिल महिनामा नेपालबाट आफ्नो अभियान सुरू गरेका हुन्। त्यसलगत्तै मे महिनामा सगरमाथा आरोहण गरेका थिए।श्राेत setopati

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment