मोरङबाट ६ लाख ६० हजारसहित २० जुवाडे पक्राउ

मोरङबाट ६ लाख ६० हजारसहित २० जुवाडे पक्राउ

मोरङ प्रहरीले विभिन्न २ स्थानबाट २० जुवाडेलाई नगद ६ लाख ६० हजार २४५ सहित पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं ३ स्थित एक घरबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट कौडा १ सेट (१६ वटा) र नगद ४ लाख ४९ हजार ६३५बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी विराटनगर महानगरपालिका वडा नं ८ बाट पनि प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट कौडा १ सेट र नगद दुई लाख दश हजार छ सय दश बरामद भएको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।श्राेतratopati

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment