जन्मदिनमा अनेरास्ववियू नेता पराजुलीले गरे जनगायक शर्मालाई आर्थिक सहयोग

जन्मदिनमा अनेरास्ववियू नेता पराजुलीले गरे जनगायक शर्मालाई आर्थिक सहयोग

कार्तिक १३, काठमाडौं । अनेरास्ववियूका नेता सुदेश पराजुलीले जनगायक जीवन शर्माको छोराको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन् । बुधवार आफ्नो जन्मदिनको अवसरमा उनले जनगायक शर्मालाई भेटी १० हजार रुपैयाँ सहयोग गर्नुका साथै उनको छोराको स्वास्थ्य लाभको कामना गरेका छन् ।


जनवादी गायक शर्माका छोरा अमृत आचार्यको स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरेका हुन् ।

नेता पराजुलीले नेपाल सरकारले घोषणा गरेको अभिभावकत्व ग्रहण गरेको बालकलाई केही शैक्षिक सामाग्री तथा स्कुलको कपडा समेत हस्तान्तरण गरेको उनले जानकारी दिए ।

नेता पराजुलीले आफूले जन्मदिनको अवसरमा सधैं सामाजिक सहयोग गरिरहेको बताउँदै अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेको अनलाइन केन्द्रसँग बताए । उनले भने, “मैले आफूलाई सधैं समाज सेवामा लगाएको छु, आज त्यसैको निरन्तरताको एक कदम हो, जनगायक शर्मालाई मैले मात्र नभई सबैले सहयोग गर्नु अहिलेको आवश्यकता हो ।”श्राेत onlinekendra

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment