गुल्मीको ददल्कामा पिक अफ दुर्घटना,दुईको मृत्यु,तिन घाईते ।

गुल्मीको ददल्कामा पिक अफ दुर्घटना,दुईको मृत्यु,तिन घाईते

मुसिकोट नगरपालिका वार्ड नं ९ ददल्का (दाड०सिड० नजिकै) लु १ च ३५१४ को पिक अफ जिप दुर्घटना भएको भएको छ । वार्ड अध्यक्ष नरेश राज खरेलका अनुसार दुई जना यात्रुको घटना स्थलमै निधन भएको र अन्य घाईते हरू लाई उपचारको लागि हटिया पठाईएको छ । पिकअफ जिप दोर्ण सापकोटाको भएको र जिप ददल्का गॉऊ तर्फ गईरहेको जानकारी प्राप्त भएकाे छ । काब्रोट भन्ने स्थान बाट पिक अफ जिप पल्टिदा करिब ३०० मिटर तल नेवा खोला भन्ने ठॉऊमा पुगेको छ । मृत्यु हुनेमा एक पुरूष र एक महिला भएको जानकारी प्राप्त भएकाे छ । ड्राईभर ज्ञानबहादुर बि क सहित ६ जना गाडिमा रहेको बताईएको छ । घाईते हुनेमा ददल्का माबि का शिक्षक भानुभक्त पौडेल,बिस्णु बिक,सोनिया बिक रहेकाे जानकारी प्राप्त भएकाे छ ।

घाईते हरू लाई उपचारको लागि हटिया पठाईएको तर थप उपचारको लागि अन्यत्र लैजानको लागि हस्पिटलले अनुरोध गरेको छ । अहिले घटनास्थलमा ठुलो संख्यामा स्थानिय हरू जम्मा भएको अबस्था छ । घटनाकाे बारेमा थप िववरण अाउन अझै बािक रहेकाे छ । श्राेतradiosarathi

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment