निर्भयाका चार बलात्कारीलाई फाँसी दिने तयारी

निर्भयाका चार बलात्कारीलाई फाँसी दिने तयारी

भारतको दिल्लीमा सन् २०१२ को डिसेम्बर १६ तारिखमा निर्भयाको सामूहिक बलात्कार गर्ने चारैजना दोषी मुकेश सिंह, अक्षय कुमार सिंह, विनय शर्मा र पवन कुमारलाई फाँसी दिने तयारी सुरु भएको छ । तिहाड जेल प्रशासनले मृत्युदण्डविरुद्ध यदि सात दिनभित्र राष्ट्रपतिसँग दयाको गुहार नगरे फाँसीको कारवाही सुरु गरिने जानकारी दिइसकेको छ ।

सर्वोच्च अदालतले गत वर्ष जुलाईमा चारैजनाको पुनर्विचार याचिका खारेज गरेको थियो । तर उनीहरुले अहिलेसम्म दयाको गुहार लगाएका थिएनन् । यो उनीसँग उपलब्ध अन्तिम विकल्प हो ।

तिहाड जेल मुख्यालयले सात दिनभित्र जवाफ पनि माग्योः

तिहाड जेल मुख्यालयले अक्टोबर २८ मा ती तीन जेल अधिक्षकलाई गोप्य चिट्ठी लेखेको थियो जहाँ चारैजना दोषी बन्द छन् । मुकेश र अक्षय जेल नम्बर दुई, विनय जेल नम्बर चार र पवन जेल नम्बर १४ (मन्डोली जेल) मा बन्द छन् । मुख्यालयले पत्रमा चारै दोषीलाई मृत्युदण्डको सजाय सुनाइसकेको बताएको थियो ।

मुख्यालयले सात दिनभित्र उनीहरुको जवाफ पनि मागेको छ । सम्बन्धित जेल अधिक्षकले अक्टोबर २९ मा चारै दोषीलाई हिन्दी र अंग्रेजीमा लिखित नोटिस दिएको छ । उनीहरुसँग रिसिभिङ पनि लिएको छ । जेल स्रोतका अनुसार यी चिट्ठी पढ्न लगाइएको छ र त्यसको भिडियो रेकर्डिङ पनि गरिएको छ । यसैबीच अक्षय, विनय र पवनका वकिल एपी सिंहले यो मामलामा क्यूरेटिभ पिटिशन दायर गरिएको बताएका छन् ।

तल्लो अदालतलाई सूचना दिइनेछः

तिहाड जेलका महानिर्देशक संदीप गोयलले चारै दोषीलाई उनीहरुको कानूनी लडाई समाप्त भइसकेको जानकारी दिएको बताए । उनीहरुले यदि राष्ट्रपतिलाई यदि दया याचिका दर्ता गर्न चाहे त्यो एक हप्ताभित्र पूरा गर्नुपर्ने पनि जानकारी दिइसकेको महानिर्देशकले बताए । यदि दया याचिका दर्ता नभए यसको सूचना तल्लो अदालतलाई दिइनेछ र अर्को प्रक्रिया सुरु गरिनेछ ।श्राेतratopati

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment