कपिलवस्तुमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

कपिलवस्तुमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

१४ कात्तिक, काठमाडौैं । कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो ।

प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ । स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपशमशेर राणाले बताए ।

बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ

मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।श्राेतonlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment