धादिङमा जिप दुर्घटना, २३ जना घाइते

धादिङमा जिप दुर्घटना, २३ जना घाइते

धादिङ– दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ ।

कच्ची सडकबाट करिब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ । थप विवरण आउन बाँकी छ ।श्राेतratopati

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment