पाकिस्तान — कराँचीबाट लाहोर गइरहेको रेलमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । बिहीबार भएको आगलागीमा अन्य ३० यात्रु घाइते भएका छन् ।
स्थानीय समाचार माध्यमले जनाएअनुसार तेजगाम एक्स्प्रेसको रेलमा आगलागी भएको हो। केही यात्रुले खाजा बनाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको रेल्वे अफिसले जनाएको छ। रेलका ३ डब्बा जलेका छन्। घाइतेलाई उद्धार गरी नजिकैको अस्पताल लगिएको छ।श्राेतekantipur
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्