विश्वकप खेल्ने ६ टिमको टुंगो लाग्यो

विश्वकप खेल्ने ६ टिमको टुंगो लाग्यो

अस्ट्रेलियामा आगामी वर्ष हुने टी-२० विश्वकपका लागि ६ टिमले छनोट चरण पार गर्दै विश्वकप यात्रा पक्का गरेका छन्। युएइमा भइरहेको ग्लोबल छनोटबाट सबै ६ टिमको तय भएको हो। छनोट हुने देशहरूमा पपुवा न्युगिनी (पिएनजी), आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड र ओमानले टी-२० विश्वकपमा स्थान बनाएका हुन्। पिएनजीले विश्व कपमा पहिलो पटक स्थान बनाउने क्रममा समूह ‘ए’ को शीर्ष स्थानमा रहेर सिधैं विश्वकपमा छनोट भएको थियो। समूहमा नेदरल्यान्ड्ससँगै समान १० अंक भए पनि पिएनजीले रनरेटमा अघि रहँदै विश्वकपमा स्थान बनाएको थियो। पिएनजी विश्वकपमा पुगेको यो पहिलो पटक हो।आयरल्यान्डले समूह ‘बी’ को शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान बनायो। ८ अंक जोडेको आयरल्यान्डले समान अंक जोडेका ओमान र युएइलाई रनरेटमा पछि पारेको थियो। शीर्ष स्थानमा पर्न असफल भएपछि समूह ‘ए’ बाट नेदरल्यान्ड्स, नामिबिया र स्कटल्यान्ड प्लेअफमा धकेलिएका थिए। समूह ‘बी’ बाट ओमान, युएई र हङकङ प्लेअफमा पुगेका थिए। पहिलो क्वालिफायरमा नेदरल्यान्ड्सले युएईलाई हराउँदै विश्वकपमा स्थान बनायो। त्यस्तै अर्को क्वालिफायरमा नामिबियाले ओमानलाई हराएरपहिलो पटक विश्वकपमा छनोट भएको थियो। पहिलो र दोस्रो क्वालिफायर पराजित भए पनि युएई र ओमानले समूहमा चौथो भएका स्कटल्यान्ड र हङकङसँग खेल्ने अवसर पाएका थिए। जहाँ स्कटल्यान्डले युएइलाई हराएर विश्वकपमा स्थान बनायो भने ओमानले हङकङलाई पराजित गरेर दोस्रो पटक विश्वकपमा छनोट भयो। अब विश्वकपमा १४ टिमबीच प्रतिष्पर्धा हुने छ। प्रतियोगितामा ग्लोबल छनोट पूरा गरेरर सहभागी भएका ६ टिम तथा बंगलादेश र श्रीलंकाबीच टी-२० विश्वकपको समूह चरणमा प्रतिस्पर्धा हुनेछ। ४-४ टिमबीच हुने समूह चरणबाट २-२ टिम सुपर १२ मा पुग्नेछन्। यसअघि सन् २०१८ को डिसेम्बरसम्म आइसिसीको टी-२० वरीयताको शीर्ष १० टिम टी-२० विश्वकपका लागि छनोट भएका थिए। पाकिस्‍तान, भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान वरीयताको शीर्ष ८ मा पर्दै सुपर-१२ का लागि सिधै छनोट भएका थिए। पूर्व च्याम्पियन श्रीलंका र दशौं वरीयताको बंगलादेश टी-२० विश्वकपका लागि छनोट भए पनि दुवैले समूह चरणमा छनोट प्रतियोगिताबाट आएका ६ टिमसँग अघिल्लो चरण प्रवेशका लागि प्रतिष्पर्धा गर्नु पर्ने छ।श्राेतthahakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment