नेपाली मजदुरको हत्या आरोपमा नेपाली नै पक्राउ

नेपाली मजदुरको हत्या आरोपमा नेपाली नै पक्राउ

बैतडी : तीनजना नेपाली मजदुर हत्याकाण्ड गराएको आरोपमा एकजना नेपाली पक्राउ गरेका छन्। गत कार्तिक ८ गते भारतको पिथौरागढमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा बैतडीको पुर्चौंडीका धनबहादुर बोहरा पक्राउ परेका हुन्।

लिङ्ग काटेर हत्या गरेको आरोपमा बोहरालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। पुर्चौंडी नगरपालिका-५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाई बीरा बोहरा र पुरचौंंडी नगरपालिका(४ भटना तडीखेतीका काशी बोहराको गत ८ गते लिंग काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले यही कार्तिक ११ गते पिथौरागढबाट १२० किलोमिटर टाढा रहेको मन्सुयारीबाट धनबहादुर बोहरालाई नियन्त्रणमा लिएको भारतीय पत्रकार राजेश पंगरीयाले बताए।

भारतीय प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै धनबहादुरले आफूले हत्या गरेको स्वीकार गरेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा सहभागी भारतीय पत्रकार पंगरीयाले भने,‘भारतीय प्रहरीले हत्याको आरोपमा पक्राउ परेका धनबहादुरले हत्या गरेको स्वीकार गरेका छन्। उनलाई बिहीबार अदालतमा पेश गर्ने तयारी भएको छ।’श्राेतannapurnapost

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment