हत्या आरोपमा आठ जना पक्राउ

हत्या आरोपमा आठ जना पक्राउ

गुलरिया : प्रहरीले हत्या आरोपमा ८ जनालाई पक्राउ गरेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका-८ का ३४ वर्षीय सतिराम थारुको हत्या आरोपमा इलाका प्रहरी कार्यालय भुरीगाउँको टोलीले जिल्लाका विभिन्न स्थानबाट बुधबार ८ जनालाई पक्राउ गरेको हो।

भाइटीकाको दिन ठाकुरबाबा नगरपालिका-७ मोहनपुरस्थित बहिनीको घरबाट मृतकका दाजु आशाराम थारुसहित फर्कने क्रममा पुरानो झगडाको बदलामा सोही गाउँका युवाहरुले भुड्कैया चोकमा थारुलाई मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। घाइते थारुको तत्काल मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि भारतको लखनउमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो।

उनले भने,’घटनामा संलग्न ठाकुरबाबा नगरपालिका- ७ बस्ने २७ वर्षीय सन्तोष रोकाय, ३६ वर्षीया देवी रोकाय, २० वर्षीय अर्जुन वुढा, २५ वर्षीय कमल वुढा, २४ वर्षीय शरण रोकाय, ३२ वर्षीय उमेश वुढा, २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय ज्ञानु विकलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्धा शिर्षकमा अुनसन्धान गर्दैछौं।

कसरी भयो झगडा

एक महिना अघि मृतकका दाजुले गाउँकै एकजना बच्चा बिरामी भएकाले आफ्नै अटोमा राखी ठाकुरबाबा नगरपालिका-७ स्थित कालीगौडीमा रहेको स्थानीय मेडिकलमा उपचार गराएर फर्कदै थिए। फर्कने क्रममा सन्तोष रोकायलगायतका मानिसहरुले बाटोमा अटो रोक्न खोज्दा अटो नरोकी अगाडि बढाएको भन्दै पछाडीबाट लखेटेर अटो रोकी तोडफोड गर्दै मृतकका दाजु आशाराम थारुलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी बास्तोलाले जानकारी दिए।

उक्त विवाद गत असोज १७ गते दुवै पक्षका मानिसहरु, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मिलापत्र भएको थियो। सोही विवादलाई लिएर थारु दाजुभाई माथी पुन आक्रमण हुँदा घटना घट्न पुगेको प्रहरीले जनाएको छ। कर्तव्य ज्यान मुद्धा शिर्षकमा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेकोले घटना प्रमाणित भए मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १७७ उपदफा (१) बमोजिमको कसुरमा जन्मकैदसम्मको सजाय हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीले पत्रकार सम्मेलनमार्फत आरोपितहरुलाई सार्वजनिक गरेको छ।श्राेतannapurnapost

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment