बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

काठमाडौँ — बंगलादेशका राष्ट्रपति अब्दुल हमिद यही महिनाको अन्त्यमा नेपाल आउने भएका छन् । बंगलादेश र नेपालले औपचारिक जानकारी नदिए पनि बंगलादेशका विदेश सचिव साहिदुल हगले कात्तिक ९ मा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति हमिदको भ्रमणबारे बताएका हुन् ।

बंगलादेशको अंग्रेजी दैनिक ‘द डेली स्टार’ का अनुसार बाकुमा भएको असंलग्न अभियानको १८ औं शिखर सम्मेलनलगत्तै गरिएको पत्रकार सम्मेलनमा विदेश सचिव हगले हमिदको नेपाल भ्रमणबारे जानकारी दिएका थिए । उनले भ्रमण मिति भने खुलाएका छैनन् ।
शिखर सम्मेलनमा भएको साइडलाइन वार्तामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । भेटमा बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीच हुने भनिएको मोटरभेहिकल सम्झौता र पीटीए (ऊर्जा व्यापार सम्झौता) बारे छलफल भएको थियो । नेपालका लागि बंगलादेशकी राजदूत मसफी बिन्टे साम्सले राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे अहिले नै केही बोल्न नमिल्ने कान्तिपुरलाई बताइन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राष्ट्रपति हमिदको भ्रमणबारे औपचारिक जानकारी आइनसकेको बताए ।श्राेतekantipur

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment