कात्तिक १५, २०७६ योगी योगेन्द्र दोहा : ओमानस्थित नेपाली दुतावासले अरबियन सागरमा सामुद्रिक छालको मात्रा अत्यधिक बढीरहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै ओमानमा बस्ने नेपाली समुदायलाई समुद्री किनाराको छेउमा नजान र विशेष सर्तकता अपनाउन दुतावासले भनेको छ। ओमानको मौसम पूर्वानुमान विभागका अनुसार ट्रपिलक चक्रवात ‘क्यार’ का कारण उक्त परिर्वतन आइरहेको छ। केही दिनसम्म यो जारी रहने दुतावासले जनाएको छ। ओमनस्थित नेपाली दुतावासका अनुसार २० हजार भन्दा बढी नेपाली कामदार त्यहाँ कार्यरत छन्।
श्राेतthahakhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्