महरासँग आज अदालतमा बयान लिइँदै, बयानपछि थुनछेक बहस

महरासँग आज अदालतमा बयान लिइँदै, बयानपछि थुनछेक बहस

 

काठमाडौं । जबर्जस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख तथा सांसद कृष्ण बहादुर महरासँग आज जिल्ला अदालत काठमाडौंले थुनछेक बयान लिने भएको छ । बयानपछि महराविरुद्धको मुद्दामा थुनछेकको प्रक्रिया शुरु हुनेछ ।

बिहीबार महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा आजबाट थुनछेक बहस शुरु हुने अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । तर, महरालाई अहिलेसम्म अदालतमा भने ल्याइनसकिएको उनले बताए ।

जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेले महराको बयान लिनेछन् । बिहीबार बयान नसकिएको भन्दै उनैले महरालाई न्यायिक हिरासतमै राख्न आदेश दिएका थिए । महरालाई पक्राउ गरेको २५ दिनपछि मुद्दा दर्ता भएको थियो ।

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र मागदाबी छ । जसअनुसार कम्तीमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद दाबी गरिएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ । दुबै मागदाबी अनुसार महरामाथि न्यूनतम पाँच वर्ष तीन महिना तथा अधिकतम सात वर्ष छ महिना कैद सजाय हुन सक्नेछ ।

थुनछेक बयान र बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा वा सामान्य तारेखमा रिहा गर्ने आदेश हुनेछ ।श्राेतbaahrakhari

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment