डेङ्गुले १५ दिनमा परिवार नै सखाप, तीन दिनको नवजात शिशुमात्र जीवित

डेङ्गुले १५ दिनमा परिवार नै सखाप, तीन दिनको नवजात शिशुमात्र जीवित

नयाँ दिल्ली । भारतमा डेङ्गु रोगका कारण १५ दिनको अवधिमा एउटा परिवार लगभग सखाप भएको छ । उक्त परिवारमा तीन दिनको नवजात शिशुमात्र जीवित बाँकी रहेको बताइएको छ । नवजात शिशुकी आमाको समेत डेङ्गुकै कारण निधन भइसकेको छ ।

भारतीय न्यूज च्यानल ‘आजतक’का अनुसार तेलङ्गाना मंचेयिरयल जिल्लामा उक्त घटना भएको हो ।

उक्त परिवारमा सबैभन्दा पहिला ३० वर्षीय जी राजगट्टुलाई डेङ्गुको संक्रमण भएको थियो । पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा १६ अक्टोबरमा उनको निधन भएको थियो ।

त्यसपछि उनका ७० वर्षीय हजुरबुवा लिंगायलाई डेङ्गु संक्रमण भएको थियो । २० अक्टोबरमा उनको पनि निधन भयो ।

परिवारमा लगातार दुई जनाको निधनबाट शोकाकुल भएका सदस्यहरु शोकबाट उक्सिन नपाउँदै राजगट्टुकै ६ वर्षीया छोरी श्रीवर्षिनीलाई पनि डेङ्गु संक्रमण भयो । उपचारकै क्रममा २७ अक्टोबरमा उनको पनि निधन भयो ।

यसै क्रममा राजगट्टुकी गर्भवती पत्नी पनि डेङ्गुबाट जोगिन सकिनन् । डेङ्गु संक्रमणबाट पीडित उनको हैदरावादस्थित एक नीजि अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनले ३० अक्टोबर (बुधबार) उनको निधन भयो । निधनको एक दिनअघि मंगलबार उनले एक शिशुलाई जन्म दिएकी थिइन् । उक्त परिवारमा तीन दिने एक नवजात शिशुमात्र बाँकी रहेको बताइएको छ ।श्राेतratopati

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment