गंगामायाले लामोसमयपछि जुस पिएर अनसन तोडिन

गंगामायाले लामोसमयपछि जुस पिएर अनसन तोडिन छोराको हत्यारामाथि कारवाहीको माग गर्दै गत जेठ १५ गतेदेखि अनसनमा बसेकी गंगामाया अधिकारीले अनसन तोडेकी छन् ।

गंगामायाले लामोसमयपछि जुस पिएर अनसन तोडिन छोराको हत्यारामाथि कारवाहीको माग गर्दै गत जेठ १५ गतेदेखि अनसनमा बसेकी गंगामाया अधिकारीले अनसन तोडेकी छन् ।

जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो । गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।

त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो । उक्त पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने प्रतिबद्धता कानुनमन्त्रीले जनाएका छन् ।

 

‘उनको उपचार खर्च सरकारले ब्योहोर्ने। जीवन व्यवस्थापनका लागि सरकारले एक करोडको अक्षयकोष खडा गर्ने। त्यसको ब्याजबाट उनको जीवन निर्वाहका लागि खर्चको व्यवस्था गर्ने। द्वन्द्व कालका अपराधिक घटनामा कारवाही गर्नुपर्छ भन्ने उहाँको धारणा छ।

 

अनसन तोड्दै गंगामायाले १० दिनसम्म जुसमात्रै खाएर बस्ने र सरकारको प्रतिबद्धतालाई हेर्ने बताएकी छन् । कानुनमन्त्री तामाङका अगाडि अधिकारीले छोराको हत्याराहरु तत्काल पत्ता लगाउन आग्रह गरिन् । उनले केही दिनअघि गिरफ्तार गरिएका गोरखा फुजेलका छबिलाल पौडेललाई जेलमै गएर भेटेर मात्र सरकारको कदम पत्याउने बताइन् ।

 

कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले नै लिएको थियो । अनशनकै क्रममा उनका पतिको नन्दप्रसादको मृत्यु भएको थियो ।

छोराको हत्यारामाथि कारवाहीको माग गर्दै अनसन बसेकी गंगामायाले लामोसमयपछि जुस पिएर अनसन तोडिन

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment