एसिड प्रहार गर्ने भारतीय युवक ६ वर्षपछि पक्राउ

एसिड प्रहार गर्ने भारतीय युवक ६ वर्षपछि पक्राउ

हेटौंडा : हेटौंडा-३ की बिन्दवासिनी कंशकारलाई एसिड प्रहार गर्ने भारतीय युवक ६ वर्षपछि पक्राउ परेका छन्। भारत महाराजगंज अमरपुर्वनका दिलिप राज केशरीलाई प्रहरीले जितपुर-सिमरा उपमहानगरपालिका २३ भलोहीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बारा र मकवानपुरबाट प्रहरी नायव निरीक्षक सागर शम्शेर जवरा नेतृत्वको टोलीले बिहीबार साँझ ८ बजे पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले बताए।

२०७० वैशाख ९ गते बिहान कंशकारलाई एसिड प्रहार गरी केशरी फरार भएका थिए। प्रेम प्रस्ताव अस्वीकार गर्दा केशरीले उनलाई एसिड आक्रमण गरेका थिए।

२६ वर्षीय कंशकारलाई हेटौंडामा डेरागरी बस्ने केशरीले एसिड प्रहार गरी भारतमा लुकेर बस्दै आएका थिए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा लामो समयदेखि प्रहरी पउनको खोजीमा जुटेको थियो।

केशरी नेपाल आएर जितपुर सिमरामा लुकिछिपी बस्दै आएको सूचनापछि प्रहरीले थप सक्रियता बढाएको थियो। ढिलै भएपनि पीडक पक्राउ परेपछि कंशकार खुशी भएकी छिन्।

पीडक केशरीलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पुगेकी कंशकारले उनलाई देख्ने बित्तिकै आफूलाई सम्हाल्न सकिनन्। ‘मैले कति पीडा भोगिरहेको छु, त्यो मलाई मात्र थाहा छ’, कंशकारले भनिन्, ‘यिनलाई सके मृत्युदण्ड नभए आजीवन काराबासको सजाय हुनुपर्छ।’श्राेतannapurnapost

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment