नेपाली सेनाका मेजर शाही जुवा खालबाट समातिए

नेपाली सेनाका मेजर शाही जुवा खालबाट समातिए

काठमाडौं प्रहरी परिसर, टेकुले नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई पक्राउ गरेको छ ।

टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका हुन् ।

उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको जनाइएको छ । शाहीसहित प्रहरीले थप ८ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा छन् । उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको काठमाडौं प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

यसअघि भाइटीकाको पूर्वसन्ध्यामा क्यासिनो किङका रुपमा परिचित बलराम सापकोटा बलेसहित २५ जुवाडेलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरी मुद्दा चलाएको थियो ।श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment