छोराको कुटपिटबाट आमाको हत्या

छोराले कुटपिट गरी आमाको हत्या

कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा छोरारे कुटपिट गरी आमाको हत्या गरेका छन्। कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका हुन्। सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ। मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ। सुरेन्द्र फरार छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ। सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन्।श्राेत thahakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment