जुवाखालबाट प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत(एडिसी) पक्राउ परेका छन्। नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाखालबाट शाहीसँगै अन्य ८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही,किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेका छन्।
प्रहरीले उनीहरूलाई सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद भएको छ ।श्राेतsetopati
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्